ओमानमा गैर आवासीय नेपाली संघद्धारा अन्तर नेपाली क्रिकेट प्रतियोगिता सम्पन्न

खाडि मुलुक जाडो मौसमलाई खेलकुद सिजनले चिनिन्छ । यसै सिजनमा बर्षेनी गैर आवासीय नेपाली संघ ओमानले ओमानवासी खेल प्रेमी नेपालीहरुका लागि बिभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आईरहको छ । यस बर्ष पनि आउँदै गरेको नयाबर्ष २०१५ लाई स्वागत गर्ने उदेश्यका साथ गत शुक्रबारका २६ डिसेम्बरका दिन अन्तर–नेपाली नकआउट क्रिकेट प्रतियोगिता सम्पन्न गरेको छ ।

नेपाली दुतावास ओमानका का.बा राजदुत भरत कुमार रेग्मी प्रमुख अतिथि रहनु भएको थियो भने सभापतिमा संघका अध्यक्ष डि.बि क्षेत्री रहनु भएको थियो । प्रमुख अतिथिले ब्याटिङ्ग तथा सभापतिले बलिङ्ग गरि खेल शुरु गरिएको थियो । ओमानका बिभिन्न क्षेत्रमा रहेका नेपालीहरुको ७ टिमले प्रतियोगितामा सहभागीता जनाएका थिय जसमा बुद्धभिजन ओमान, लुम्बिीनी समुह, सगरमाथा समुह ओमान, गल्फ मसरुम क्लब, बलदिया समुह ओमान, आर.एम.जी समुह र एन.आर.एन रहेका थिय । प्रथम चरणको खेल १०/१० ओभरको खेलाईएको थियो भने सेमि फाइनल १२ ओभर र फाईनल १० ओभरको खेल खेलाईएको थियो । निकै रोमाञ्चक र प्रतिष्प्रधात्मक रहेको प्रतियोगितामा ६ टिमलाई पछि पार्दै ४० रनको फरकले एन.आर.एन.ए. ओमानले उपाधि जितेको थियो त्यस्तै ५ टिमलाई पछि पार्दै गल्फ मसरुम टिमले द्धितिय स्थान हासिल गरेको थियो । प्रथम तथा द्धितिय हुने टिमहरुलाई पुरष्कार खशी, ट्रफी र प्रमाणपत्र प्रदानगरिएको थियो यसका साथै प्रत्येक खेलको उत्कृष्ट खेलाडी, प्रतियोगिताको भरिको उत्कृष्ट बलर तथा ब्याट्समेन र म्यानअफ द सिरिज लाई पनि पुरष्कार प्रदान गरिएको थियो ।

प्रतियोगिता अतिनै सौहार्द तथा अनुसाशित बाताबरणमा सम्पनन भएको बताउनु हुन्छ एन.आर.एन.ए का युवा तथा खेलकुख संयोजक सञ्जय शाह । आफु ओमान क्रिकेटमा पनि एम्पायर रहेकाले अन्तर नेपालीक्रिकेट प्रतियोगिता आयोजना उत्सुक रहेको शाह को भनाई थियो । यस प्रतियोगितका उत्कृष्ट खेलाडीहरुबाट एक टिम तयार गरि भबिष्यमा यहाँका स्थानिय तथा इन्डियन क्लबहरु संग प्रतिष्प्रधा गराउने योजना रहेको बताउनु हुन्छ संयोजक शाह ।



























नेपाल ओमानडटकम

,