कमल थापाका कार्यकर्ताले खेले कलशको फुटबल

काठमाडौं, १८, पुस । अध्यक्ष कमल थापाले नेपाललाई हिन्दुराष्ट्र बनाउन कसैले रोक्न नसक्ने भाषण गरिरहँदा उनका कार्यकर्ता कार्यक्रममा जल बोकेर लगेका कलश फुटाउन व्यस्त थिए।

माटोबाट निर्मित सयौँ कलश उनीहरुले एकै ठाउँमा राखेर लात्ताले हान्दै फुटाएका थिए। 'किन फुटाएको?', कार्यक्रममा सहभागी एकजनाले प्रश्न गरेका थिए। 'हामीलाई घर जान हतार भैसक्यो,  अब यो के गर्ने?', कलश फुटाउन व्यस्त कार्यकर्ताले उल्टो प्रतिप्रश्न गरे।




उनीहरुले कलश फुटाउँदै गर्दा खुलामञ्चमा रमिता हेर्नेहरुको पनि कमी थिएन। मेची महाकाली संकल्प रथयात्राका क्रममा पूर्वपश्चिम घुम्न कमल थापाले चढेको रथकै अगाडि सयौँ कलश फुटाएको थियो।

खुलामञ्च बाहिर सडक किनारमा पनि जथाभावी फुटाइएका कलश देखिन्थ्यो। धार्मिक कार्यक्रम तथा पूजाअर्चनामा जलअर्पणका लागि प्रयोग कलश गरिन्छ।


,