चितवनमा एकै बर्षमा ३ सय ६२ जनाको सम्बन्ध बिच्छेद

साउन १०

चितवन जिल्ला अदालतबाट गएको आर्थिक बर्षमा ३ सय ६२ वटा सम्बन्ध बिच्छेदका मुद्दाको फैसला भएको छ ।
अदालतमा परेका ४ सय १६ वटा सम्वन्ध विच्छेदका मुद्दा मध्ये ३ सय ६२ वटा मुद्दा फैसला भईसकेको र ५४ वटा मुद्दाको फैसला हुन बाँकी रहेको अदालत श्रेस्तेदार दिनवन्धु बरालले जानकारी दिनुभयो । अघिल्लो आर्थिक बर्ष ०६८/०६९ मा ३६२ वटा मुद्दा दर्ता भएकोमा  ३ सय २ वटा मुद्दाको फैसला थियो ।
कानुनी हिसावमा महिलालाई सजिलो हुने भएकाले हिंसामा परेका र छिटो विवाह गरेकाले बिभिन्न समस्या भोग्न बाध्य भएका महिलाहरु सम्बन्ध बिच्छेदका लागि आउने गरेको श्रेष्तेदार बरालले वताउनुभयो । सम्बन्ध विच्छेद गर्नेमा २० – ३० वर्षका बढी सम्बन्ध बिच्छेदका लागि आउने अधिकांश महिलाको उमेर १७ देखि ४५ वर्षको रहेको देखिएको छ । त्यसमा २० देखि ३० बर्ष उमेर समुहका सबै भन्दा बढी रहेको जिल्ला अदालत चितवनका श्रेस्तेदार दिनवन्धु वरालले जानकारी दिनुभयो ।

मुद्दामा श्रीमानको खान लाउन नदिएको, कुटपिट गरेको जस्ता कारण उल्लेख गरेपनि आफै बैदेशिक रोजगारीबाट फर्किएका, श्रीमान बैदेशिक रोजगारीबाट फर्किएका महिलाहरु पारिवारिक समझदारी निर्माण हुन नसक्दा सम्बन्ध बिच्छेदका लागि आउने गरेको श्रेष्तेदार बरालले जानकारी दिनुभयो ।
ठुलो संख्यामा सम्वन्ध विच्छेदका घट्ना हुँदा यसले परिवार तथा समाजमा नकरात्मक असर पर्ने भन्दै यसको न्युनिकरणका लागि ध्यान दिन आवश्यक रहेकोमा उहाँको जोड छ । कारण वैदेशिक रोजगारी पनि जिल्ला अदालत वार एशोसियसन चितवनका सचिव खगेन्द्र कंडेलले वैदेशिक रोजगारीको लागि जानेको संख्यामा वृद्धि भएकाले यस्ता घटनामा वढोत्तरी आएको बताउनुभयो । बैदेशिक रोजगारीका लागि कागजात मिलाउन पनि कागजी बिवाह गर्ने र बैदेशिक रोजगारीबाट फर्किएपछि सम्वन्ध विच्छेद गर्नेहरुको संख्या पनि बढ्दो देखिएको उहाँको भनाई छ ।