कालकूट विष पिउने’बारे संविधानसभामा छलफल नगर्न रुलिङ
काठमाडौं,
१८ पुस। संविधानसभा
अध्यक्ष सुवास
नेम्वाङले ‘कालकूट विष पिउने’ आफ्नो
अभिव्यक्तिमाथि टिप्पणी र छलफल नगर्न
रुलिङ गरेका
छन् ।
संविधानसभाको
शुक्रबारको बैठकमा कांग्रेस सभासद गोपालमान
श्रेष्ठले सभाध्यक्षले संविधान निर्माणका लागि
लिएको पहल
राम्रो भएको
भन्दै ‘कालकूट
विष पिउने’
विषयमा बोलेका
थिए ।
श्रेष्ठले
बोलिरहेको बेला रोकेर सभाध्यक्षले त्यस
विषयमा छलफल
नगर्न रुलिङ
गरे ।
आफूले कार्यव्यवस्था
परामर्श समितिमा
राखेको विषय
विचाराधीन अवस्थामा रहेको भन्दै सभाध्यक्ष
नेम्वाङले यसबारे संविधानसभा बैठकमा नउठाउन
निर्देशन दिएका
हुन् ।
बिहीबार प्रमुख दलका
शीर्ष नेताहरूसहित
बसेको कार्यव्यवस्था
परामर्श समितिको
बैठकमा संविधानसभा
अध्यक्ष नेम्वाङले
आफू कालकूट विष पिउन तयार
रहेको भन्दै
नयाँ संविधानको
मस्यौदा गर्ने
अधिकार आफूलाई
दिन प्रस्ताव
गरेका थिए
।


