पाकिस्तानको नाङ्गा हिमाल आरोहणमा गएका एक नेपालीसहित दश विदेशी आरोहीको हत्या
२३ जुन २०१३
उत्तरी पाकिस्तानमा पर्ने नाङ्गा पर्वत हिमाल ओरहणका क्रममा बेसक्याम्पमा रहेका आरोहीहरुमाथि अज्ञात समुहबाट भएको आक्रमणमा परि एक नेपाली सहित दश बिदेशी आरोहीको ज्यान गएको छ । अन्य आठजना भने बच्न सफल भएका छन । पाकिस्तानको स्वशासित क्षेत्र कश्मिरमा पर्ने गिलगिट बाल्टीस्तानको उक्त इलाकामा रहको नाङ्गा पर्वत हिमालको बेसक्याम्पमा रहेमा आरोही पर्यटकलाइ अज्ञात बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरेका थिए । नाङ्गा पर्वत हिमाल बिश्वका उच्च हिमालमध्ये नवौं स्थानमा पर्छ । ज्यान गुमाउनेहरुमा एक नेपाली हिमाली पथ प्रदर्शक सोना शेर्पा समेत रहेका छन । अन्य आठजना शेर्पा हिमालमा बाटो बनाउन गएकाले बाँच्न सफल भएको बताइएको छ । ज्यान गुमाउने अन्य आरोहीहरुमा पाँचजना युक्रेनी, रुसी र चिनियाँ नागरिकहरु रहेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।
आक्रमणको कारण र आक्रमणमा संलग्नहरुको पहिचान हुन नसकेको वरिष्ठ सुरक्षा अधिकारी अली शेरले जनाएका छन् । पाकिस्तानको अन्यन्तै दुर्गम त्यस क्षेत्र प्राकृतिक दृश्य अवलोकनको लागि प्रख्यात ठाँउ हो । प्रहरीले त्यस क्षेत्रलाइ घेरा हाली आक्रमणकारीको खोजी ब्यापक पारेको पाकिस्तानी सुरक्षा अधिकारीहरुले बताएका छन । आक्रमणको राष्ट्रपति असिफ अली जर्दारी र प्रधानमन्त्री नवाज सरिफले आक्रमणको निन्दा गरेका छन् । यस महिनाको सुरुवातमा पाकिस्तानको प्रधानमन्त्री पदमा तेस्रो पटक निर्वाचित भएका सरिफले यस्ता आक्रमणमा संलग्न भएकाहरुलाई कानुनी कठघरमा उभ्याएरै छोड्ने दावी गरेका छन् ।
स्रोत: संसार न्युज