राष्ट्रपति डा. रामबरण यादब स्वदेश फिर्ता
काठमाडौ , १४ असार
स्वास्थ्य परिक्षणका लागि जापान जानु भएका राष्ट्रपति डा. रामबरण यादब स्वदेश फर्कनु भएको छ ।
स्वदेश फर्कीएपछि त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा संचारकर्मीसँग कुरा गर्दै राष्ट्रपति रामबरण यादवले निर्वाचन नै बर्तमान समस्याको एक मात्र समाधान भएकाले सवै राजनैतिक दललाई निर्वाचनमा सहभागी हुन आग्रह गर्नु भयो ।
उहाँले देशमा स्थायीत्व कायम गर्नका लागी सवै राजनैतिक दलहरुले आ आफ्नो ठाँउवाट पहल गर्नु पर्ने बताउनु भयो । देशवासीको चाहना पनि सवै दलहरु मिलेर अगाडि बढुन् भन्ने भएको भन्दै राष्टपति यादवले सवै राजनैतिक दलहरु मिलेर दोश्रो संबिधान सभाको निर्वाचन सम्पन्न गरी गणतन्त्रलाई सवल बनाउन आग्रह गर्नु भयो ।
राष्टपति यादवले देशका बिभिन्न ठाँउमा बाढि पहिरोले पुर्याएको क्षतिको बिबरण संकलन गरी सवैलाई राहत दिने प्रबन्ध गर्न समेत सरकारसँग आग्रह गर्नु भएको छ । राष्ट्रपति यादवलाई स्वागत गर्नका लागी उपराष्टपति परमानन्द झा , मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मीसहित उच्च पदस्थ व्यत्तिहरु त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थल पुगेका थिए ।
ठूलो आन्द्रामा दाग देखिएपछि क्यान्सर भएको शंका गर्दै चिकित्सकको सल्लाहमा राष्टपति यादव गत असार ३ गते उपचारका लागी जापान जानु भएको थियो । राष्ट्रपतिको स्वस्थ्यमा कुनैपनि समस्या नभएपछि गत मंगलबार अस्पतालबाट डिस्चार्ज गरिएको थियो । राष्ट्रपति यादब थाईल्यान्ड हुदै आज स्वदेश फर्कनु भएको हो ।