कुवेतमा नौ नेपाली ‘आपत्तिजनक’ अवस्थामा पक्राउ
बेला मौकामा नेपाली मिडियामा आउने समाचार हो- फलाना फलाना होटल वा लजमा पुलिसले छापा मार्दा यति संख्यामा जोडी ‘आपत्तिजनक’ अवस्थामा पक्राउ परे। तीन वर्षअघि त झोँक चलेर सुमिनाले ब्लगै लेखेकी थिइन्- यो आपत्तिजनक अवस्था भनेको के हो भन्दै।
अब यस्तो समाचार विदेशबाट नि आउन थालेछ। कुवेतबाट भर्खरै यस्तै समाचार आएको छ। त्यहाँ चाहिँ आपत्तिजनक हैन, ‘अनैतिक गतिविधि’ भनिने रहेछ। सुरक्षाकर्मीहरुले कुवेतको जलिब अल शुयोख क्षेत्रमा छापा मारेर पाँच नेपाली युवती र चार नेपाली युवकलाई रङ्गे हात पक्राउ गरेको छ। उनीहरुले वेश्यावृत्ति गरेको आरोप लगाइएको छ।
अरब टाइम्समा प्रकाशित खबर अनुसार फरवानियाका कार्यकारी सुरक्षा निर्देशक मेजर जनरल इब्राहिम अल तराहकहाँ त्यो क्षेत्रमा नेपाली आप्रवासीहरु वेश्यावृत्तिमा संलग्न भएको खबर आइपुगेछ। त्यसपछि अनुसन्धानका लागि उनले सुरक्षाकर्मीहरुको एउटा समूह बनाए। समूहले अनुसन्धानको क्रममा एक जनालाई ग्राहकै बनाई शंकास्पद फ्ल्याटमा पठायो। हो रैछ, केटीहरुले डेटमा जान र अनैतिक गतिविधि गर्न पैसा मागे। लौ त्यो दुइवटा शंकास्पद फ्ल्याटसम्बन्धी आएको जानकारी सही रहेछ भन्ने पुष्टि भयो।
त्यसपछि सुरु भयो आवश्यक कानुनी प्रक्रिया। प्रक्रिया पूरा भएपछि फरवानियाका सुरक्षाकर्मीहरुले ती फ्ल्याटहरुमा छापा मारे। त्यस क्रममा पाँच नेपाली महिला र चार नेपाली पुरुष रङ्गे हात फेला परे।
साथमा उनीहरुले ब्ल्यु फिल्म र अरु अश्लील सामाग्री पनि त्यहाँबाट बरामद गरे। गिरफ्तार गरिएका मध्ये दुई नेपाली महिला कम्पनीबाट भागेका रहेछन्। केरकार गर्दा उनीहरुले आफूहरु यौन व्यवसायमा लागेको स्वीकार गरे। उनीहरुले आफूहरुले पाउने पैसामध्ये आधा आफूहरुलाई ग्राहक ल्याइदिनेलाई दिनुपर्ने बताइन्।
उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको छ। अब सुरक्षाकर्मी उनीहरुलाई ग्राहक जुटाउने दलालहरु खोज्दैछन्।
स्रोत : अन्य पत्रीका