बिग्रदै गयो मेरो नेपाल

कुन बैरीको आँखा लाग्यो बिग्रदै गयो मेरो नेपाल
नेता हरूको बुद्दि भ्रष्ट हुदा मिचीदै गयो मेरो नेपाल
आफु-आफु लड्न थाले जातिय युद्दमा होमियो मेरो नेपाल
खाली पेट र नाङ्गो शरिर लिएर लड्न थाले खोज्दै जातिय पहिचान।

देश अरुकै दासत्व भयो रुदैछ आज मेरो नेपाल
भ्रष्टचारले सिमा नाघ्यो लुटिदै गयो मेरो नेपाल
देश चलाउने नपुङ्सकले रित्याउदै गए मेरो नेपाल
सबै मिलि बस्ने एकै साझा झुपडी थियो मेरो नेपाल
संघियताको आंगो
दन्कदा टुक्रन लाग्यो मेरो नेपाल।

परिवर्तन सबैले ल्याउनैपर्यो बनाउनेछुमेरो नेपाल
बिश्वको सामु सगरमाथा र बुद्दलाई चिनाउनेछु मेरो नेपाल
सारा नेपाली मिली बिकासको बाटोमा डोर्याउनु छ मेरो नेपाल
चार जात छत्तिस वर्णको फुलबारी यो पहिचान हो मेरो नेपाल।।



श्याम खड्का
बराह्क्षेत्र-2,सुनसरी
हाल: मलेशिया : 0166335752