ओमानमा रहेकी माया लामा नेपाल प्रस्थान
ओमान ,१२ जुलाई १३,
गत साउन महिनामा दुबइको बाटो हुँदै ओमान प्रबेश गरेकी माया लामा १० जुलाई का दिन ओमान बाट नेपाल प्रस्थान गरेकी छिन् । स्थाई घर धादिङ केवलपुर गा बि स वार्ड न ६ भएकी लामा मस्कतको अलखुएर स्थित ओमानीको घरमा घरायसि काममा आएका थिईन ।
नेपाल बाट आफ्नो छोरी द्वारा सहयोगको अपिल आए अनुसार उहाको काम गर्ने ठाउँ र स्पोन्सोरको बारेमा पत्ता लगाइएको थियो । उनी ओमान आएको १ महिना पछी नै बिरामी परी काम गर्न नसक्ने भये पछी उद्वारको लागि अपिल गरिएको थियो । बुद्ध भिजन ओमानको बिशेष सहयोग बाट उनको उद्धार गरिएको थियो ।
नेपाल बाट सानु भन्ने एजेन्ट र दुबइ बाट रोशनी भन्ने एजेन्ट हुँदै ओमान पुगेको उनकी छोरी डोल्मा बताउछिन । पौरखी नेपाल हुँदै उद्वारको लागि पहल गरेका उनका छोरी डोल्मा बताउनु हुन्छ । ओमान बाट फोन गरेर आफु बिरामी परेर काम गर्न नसक्ने भये पछी स्पोन्सोरले दुर्ब्यवहार गरेकोकोले उद्धार गरी नेपाल फर्काउन छोरीलाई खबर गरेपछी छोरी डोल्माले उद्वारको पहल गरेकी थिइन । केही दिन सम्म खान पनि नदिएको र फोन पनि खोसेर लिएको पीडितको गुनासो थियो ।
उनिलाई नेपाल फर्काउन स्पोन्सोरलाई तिर्न र टिकटमा लागेको खर्च जम्मा जम्मी रि ओ ६५० बुद्ध भिजन बाट ब्यवस्था गरिएको जानकारी सल्लह्कार ओमकार तमाङ ज्यु ले दिनु भयो ।

