तलव बृद्धिको माग गर्दै सरकारी कर्मचारीहरु सिंहदरबारमा धर्नामा
काठमाडौं, २८ असार:
२८ असार
निजामती सेवाका विभिन्न
कर्मचारी सघ सङ्गठनले तलब वृद्धिको माग गर्दै अर्थमन्त्रालयमा धर्ना दिएका
छन् । वार्षिक मूल्यवृद्धि र तीन वर्षयता कर्मचारीको तलब नबढेकाले आगामी
आर्थिक वर्षको बजेटमा तलब समायोजन गर्नुपर्ने उनीहरुको माग छ ।
यही
असार १७ गते अर्थमन्त्रीसमक्ष प्रस्तुत सातबुँदे माग कार्यान्वयन
गर्नुपर्नेमा जोड दिँदै कर्मचारी सघं सङ्गठनले ,रित्तो हात र भोको पेटले
प्रभावकारी सेवा प्रवाह नहुने बताएका छन् ।
धर्नामा बसेका कर्मचारी संघ संगठनका प्रतिनिधिहरुले न्यूनतम १० हजार रुपैया तलब वृद्धिको माग गरेका छन् ।
उनीहरुले
रु १० लाख बराबरको दुर्घटना बीमा, एक दिनको तलब बराबरको ग्रेड व्यवस्था,
एकसय ८० दिनभन्दा बढी सञ्चित बिदाको रकम भुक्तानी र पोसाक भत्ता १५ हजार
रुपैया र्पुयाउनुपर्ने लगायत माग गरेका छन् ।
- See more at: http://www.harekpal.com/full-story-8492.html#sthash.v5QU3qDc.dpufनिजामती सेवाका विभिन्न कर्मचारी सघ सङ्गठनले तलब वृद्धिको माग गर्दै अर्थमन्त्रालयमा धर्ना दिएका छन् । वार्षिक मूल्यवृद्धि र तीन वर्षयता कर्मचारीको तलब नबढेकाले आगामी आर्थिक वर्षको बजेटमा तलब समायोजन गर्नुपर्ने उनीहरुको माग छ ।
यही असार १७ गते अर्थमन्त्रीसमक्ष प्रस्तुत सातबुँदे माग कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै कर्मचारी सघं सङ्गठनले ,रित्तो हात र भोको पेटले प्रभावकारी सेवा प्रवाह नहुने बताएका छन् । धर्नामा बसेका कर्मचारी संघ संगठनका प्रतिनिधिहरुले न्यूनतम १० हजार रुपैया तलब वृद्धिको माग गरेका छन् । उनीहरुले रु १० लाख बराबरको दुर्घटना बीमा, एक दिनको तलब बराबरको ग्रेड व्यवस्था, एकसय ८० दिनभन्दा बढी सञ्चित बिदाको रकम भुक्तानी र पोसाक भत्ता १५ हजार रुपैया र्पुयाउनुपर्ने लगायत माग गरेका छन् ।
स्रोत: अन्य पत्रीका


