सर्वसाधरणको हीतका लागी बिदा को दिनमा पनि सेवा प्रदान गर्ने : निर्वाचन आयोग
काठमाडौ , २८ असार:
सर्वसाधरणको हीतका लागी बिदा को दिनमा पनि सेवा प्रदान
निर्वाचन आयोगले शनिवार को दिन पनि फोटो सहितको मतदाता नामावली संकलन गर्ने कार्य जारी राख्ने भएको छ । फोटो सहितको मतदाता नामावली संकलनका लागी असार मसान्त सम्मको अन्तिम मिति तय गरेको आयोगले सर्वसाधरणको चापलाई मध्यनजर गर्दै शनिवार पनि नामावली संकलन गर्ने भएको हो ।
आयोगका अनुसार भोली शनिबार पनि देशैभरका निर्वाचन आयोगका कार्यालय खुल्ने र नामावली संकलनको काम हुनेछ ।
कार्यालयमा नियमित काम गर्ने र अन्य दिन फुर्सद नहुनेहरुले शनिवार नामावली संकलनका लागी सहज समय पाउने भएकाले पनि शनिवार नामावली संकलन जारी राखेको आयोगले जनाएको छ ।
आयोगका अनुसार अहिलेसम्म एक करोड २० लाख भन्दा बढि मतदाताले फोटो सहितको मतदाता नामावलीमा आफ्नो काम दर्ता गराईसकेका छन् ।
स्रोत: अन्य पत्रीका


