पोखरामा अन्तर्राष्ट्रिय रक्सी भट्टी-नाटक
पोखरा बिषेश
कास्की, असार १६ - मुलुकको राजनीतिक समस्या उस्तै छन् । विदेशीहरूले अखडा जमाइरहेकै छन् । मानव बेचबिखनको समस्या उस्तै । राष्ट्रियतामाथिको बहस जारी छ । एउटा नाटकमा भने जुझारु युवाहरू यी सबै समस्याको समाधान खोज्न सक्षम हुन्छन् । एक दशकपछि ब्युँतिएको पोखरामा रंगमञ्चमा शुक्रबार र शनिबार सद्भाव र राष्ट्रियता समेटिएको नाटक 'अन्तर्राष्ट्रिय रक्सी भट्टी' देखाइएको हो । कृष्ण उदासीको निर्देशन रहेको नाटकले पोखरा उद्योग वाणिज्य संघको प्रेक्षालयमा निर्मित थिएटरमा देखाइएको थियो, दर्शकले खुलेर प्रशंसा गरे । नाटक हेर्नेको उल्लेख्य भीड थियो । सशुल्क दुईघन्टे शो हेर्न साहित्यकार कलाकार, व्यापारीदेखि सबै तह र तप्काका व्यक्तिहरू आएका थिए । कुनै बेला पोखरामा नाटक मञ्चनको लहर सृजना गरेका साहित्यकार सरुभक्त पनि नाटकको दर्शक भएर आएका थिए । वर्षौंदेखि आफ्नै थलोमा नाटकको स्वाद लिन नपाएका उनी निकै प्रसन्न थिए । 'एक दशकपछि पोखरामा नाटक हेर्न पाएँ,' उनले भने, 'फेरि पोखरामा नाटकको लहर आउने आशा पलाएको छ ।' दर्शक भीड देखेर हौसिएका निर्देशक उदासीले पनि थपे, 'मञ्चनलाई अब निरन्तरता दिनुपर्छ भन्ने जोस आएको छ ।' युथ क्रिएसन थिएटरको स्थापना गरेर नाटक अभियानलाई अघि बढाएका उनले 'नाटक हेर्न पोखरा जाउँ भन्ने पुराना भनाइलाई फेरि सार्थक पार्ने दाबी पनि गरे । नाटकमा कपिल शर्मा, सञ्जोग, रेम विक, मनोज घर्ती मगर, विभु भुसाल, रेखा पुरी लगायतले अभिनय गरेका थिए । नाटक शनिबार पनि देखाइने जनाइएको छ । २०३५ बाट सक्रिय पोखरेली रंगमञ्च ६० को दशकपछि सेलाएको थियो ।
श्रोत : कान्तिपुर