भट्टराईलाई पदत्यागको निर्णय फिर्ता लिन आग्रह
उपाध्यक्ष पदबाट राजीनामाको घोषणा गरेका एमाओवादी उपाध्यक्ष बाबुराम
भट्टराईलाई आजको पदाधिकारी बैठकले पदत्यागको निर्णय फिर्ता लिन आग्रह गरेको छ
।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको एमाओवादी पदाधिकारी
बैठकले उपाध्यक्ष बाबुराम भट्टराईलाई पदत्यागको निर्णय फिर्ता लिन आग्रह गरेको छ
। भट्टराईले पार्टीमा पदका आकांक्षी बढेको भन्दै १५ असारमा केन्द्रीय समितिको
बैठकमा लिखित मन्तब्य पढ्दै पदत्यागको घोषणा गरेका थिए ।
यसैगरी बैठकमा पार्टीको केन्द्रीय समितिको बैठकमा पेस गरिएको साङ्गठनिक प्रस्तावको सन्दर्भमा पार्टीका नेताहरुले प्रस्तुत गरेको विचार तथा सुझावलाई समेटेर अगाडि बढ्ने विषयमा छलफल भएको पार्टी महासचिव पोष्टबहादुर बोगटीले जानकारी दिए । “पदाधिकारी बैठकमा सबै विषयमा छलफल भएको छ, सोही छलफलको आधारमा आज पुनः केन्द्रीय समितिको बैठक बसेर अन्तिम निष्कर्ष निकालिन्छ,” बोगटीले भने ।
पार्टी केन्द्रीय समितिको बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदनमा विवाद भएपछि केन्द्रीय समितिको बैठक लम्बिँदै गएको छ । साङ्गठनिक प्रतिवेदन चित्त बुझ्दो नभएको भन्दै पार्टीकै नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा ९ सदस्यीय पार्टी पदाधिकारी, ७ जना वैकल्पिकसहित २५ सदस्यीय स्थायी समिति, १४ वैकल्पिकसहित ५१ सदस्यीय पोलिटब्युरो र १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरिएको छ ।
स्रोत: हिमालखबर