ओमानको सडक र्दुघटनामा १ नेपालीको मृत्य



ओमानमा बिलाएको सपना








आफनो परिवारको सुनौलो भबिष्यको लागि अनगिन्ती सपनाहरु मनमा सजाएर क्षितिज पारीका देश्हरुमा आफ्नो सपना खोज्न धेरै युवा युवतिहरु आएका हुन्छन् । कतिका आकांक्षाहरु पुरा पनि हुन्छन त कतिका सपना दिन पछीका रातहरु सगै विलाएर गएको हुन्छ । प्रशंग हो बम बहादुर.बि.क को उनि पनि अरु जस्तै गरि आफनो परिवारलाई केही सुख दिने आसमा बिगत,१९.अप्रिल २०१० मा रोजगारिको सिल्सिलामा ओमान आएका थिए , उनि केहि महिना पहिले मात्र आफानो २ महिना को घर बिदा सकेर पुन: आफनो रोजगारमा र्फिता भएको थियो । अचानक गत १५ जुलाईका दिन उहा यो संसार छोडेर जानुभो ।   

माग्दी जिल्ला गुर्ज ३ घर भएका बिगत १९,अप्रिल २०१० देखि ओमानको अल रवास मारवल कम्पनीमा कार्यरत स्वर्गिय बम बहादुर बि.क को गत १५ जुनका दिन ओमानको अलहेल स्थित सडक पार गर्ने क्रममा गाडीको ठक्कर बाट उहाको असामुहिक निधन भएको हो । 

मृतक को शवलाई नेपाल पठाउन आवशयक गृह कार्य भईरहेको ओमान स्थित नेपाली राजदुताबास प्रतिनिधिले जनाएको छ ।

लक्ष्मण श्रेष्ठ, मुस्कत, ओमन 


,