अख्तियारद्वारा उच्च अधिकारीको सम्पत्ति छानविन

१६ असार,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी महानिरीक्षक कोषराव वन्त सहितका उच्च सरकारी अधिकारीको सम्पत्ति छानविन शुरु गरेको छ ।
आयोगले वन्त सहित एसएसपी श्यामकाजी कुवर, एस एस पी चिरञ्जीवी अधिकारी, एस पी श्यामकाजी कुवर र गोपीमान श्रेष्ठ पनि छानविनमा परेका छन् । नेपाल प्रहरीका डी आई जी प्रताप सिंह थापा, रमेश विक्रम शाह, एस पी सञ्जयसिंह बस्नेत र डी एस पी हिरा बहादुर गिरी पनि छानविनको दायरा भित्र आएका छन् ।
यस्तै ललितपुर स्थित राजस्व प्रशासनका कुल प्रसाद चुडाल, धरान स्थित आन्तरिक राजस्व कार्यालयका प्रमुख तुलसी प्रसाद सेढाईं, बुटवलका धर्मेन्द्र मिश्र र इन्द्र ढुङ्गाना तथा बानेश्वर स्थित ऋण असुली न्यायाधिकरणका दीर्घराज मैनाली छन् ।
गृह मन्त्रालय अन्तर्गत झापाका दीपक पोखरेल, इटहरी स्थित यातायात व्यवस्था कार्यालयका अधिकृत भीमप्रसाद गौतम, विराटनगर उप-महानगरपालिकाका गोपाल रेग्मी, विराटनगर सहरी विकासका कामेश्वर प्रसाद सिंह, झापा जिल्ला मालपोत कार्यालयका ठाकुर प्रसाद निरौला पनि छानविनमा परेका छन् । उनीहरु सबैको बैंक लकर रोक्का भएको अख्तियारले जनाएको छ ।

स्रोत : अन्य पत्रीका

,