एमालेद्धारा देशभरका कार्यालय बन्द

१० साउन:
नेकपा कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्मचार्यको निधनको शोकमा नेकपा एमालेले आज देशभरका कार्यालय बन्द गरेको छ । उहाको निधनप्रति शोक व्यक्त गर्दै अध्यक्ष झलनाथ खनालले विज्ञप्ती जारी गरी पार्टीका तर्फबाट शोक मनाउने घोषणा गर्नु भएको हो ।

यस्तै एमालेले ३ दिनसम्म कुनैपनि औपचारिक कार्याक्रम नगर्ने र पाँच दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ । कम्युनिष्टका संस्थापक नेता कर्मचार्यको ८९ बर्षको उमेरमा बुधबार बिहान निधन भएको हो ।

,