ओमानको खड्का जी, अब कतार हल्लाउने

सन् २०१० देखि २०११ सम्म गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति ओमानको कार्यसमिति सदस्य र २०११–२०१३ मा संघको सचिव पदमा रही ओमानवासी नेपाली दाजुभाईहरु मा सदैब सेवामा समर्पित तनहुँका दीपक खड्का हाल आफ्नो रोजी-रोटी को सिल्सिलामा कतारमा हुनु हुन्छ । कतारमा विभिन्न सामाजिक संघसंस्था बाट सामाजिक कार्यमा निकै मेहेनती तथा क्रियाशिल खड्का कतारमा एन.आर.एन.ए एनसिसीको चुनावको सचिव पदका लागि उमेदवारी घोषणा गरेका छन् ।

आगामी २०१३ देखी २०१५ का लागि अहिले देखि नै त्यहाँ निर्वाचनको चहल पहल बढेको खबर छ । करिब आठ महिना देखि कतारमा कार्यरत रहेका खड्का केही वर्ष खाडी कै ओमानमा रहेर एन.आर.एनमा लागेर काम गरिसकेका छन् । एन.आर.एन ओमानको सचिवको कार्यभार कुशलतापूर्वक निभाइ सकेका खड्काले कतारको एन.आर.एनमा पनि काम गर्ने जनाएका छन् ।

खड्का जी, भन्छन् ‘मैले संगालेको अनुभवलाई कतारमा कार्यरत नेपालीहरुको पक्षमा भरपुर प्रयोग गर्न मौका दिनुहोस् ।’

कतारमा विभिन्न संघ सस्थामा आबद्ध खड्का हाल तनहुँ वा समाज दोहा कतारको सल्लाहाकार, खस छेत्री सेवा समाजको उपाध्यक्ष तथा मातृभूमिका लागि युवा अभियानको सल्लाहाकार सम्मको जिम्मेवारीमा छन् । कतारमा देखिएका नेपाली श्रमिकका बिविध समस्याहरुको सुक्ष्म अध्ययन गरी विभिन्न संघ सस्थासंग हातेमलो गरी नेपाली श्रमिककहरुको समस्यालाई समाधानको बाटो तर्फ लैजान सम्बन्धित निकायबाट संबोधन गराउन जोडदार पहल गर्नका लागि आगामी २०१३–२०१५ को लागि गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति कतारको सचिव पदमा रही काम गर्ने खड्काले बताए ।

ओमानका साँस्कृतिक कार्यक्रमहरुमा खड्का जी

ओमानका साँस्कृतिक कार्यक्रमहरुमा खड्का जी

, ,