डा.बाबुराम भट्टराई द्वारा पार्टी बाट उपाध्यक्ष पद त्याग
एकीकृत नेकपा माओवादी भित्र खलबल :
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीमा पद ठूलो कुरा नभएको भन्दै आफूले उपाध्यक्ष पद त्यागेको वताउनु भएको छ । पेरिसडाँडामा जारी एमाओवादीको केन्द्रीय समिति बैठकमा आफ्नो विचार राख्ने क्रममा उपाध्यक्ष भट्टराईले यस्तो वताउनु भएको हो ।
पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको केन्द्रीय समितिको नामावली प्रति शनिबारबाट छलफल शुरु भएको छ । शनिबारको बैठकमा बाबुराम भट्टराई लगायत केन्द्रीय सदस्यहरुले आफ्नो विचार राखने क्रम जारी रहेको सहभागी एक नेताले बताए । पार्टी भित्र पदलोलुपता र संसदीय खेल बढेकाले आफूलाई दिक्क लागेको भन्दै भट्टराईले बैठकमै पद त्यागको घोषणा गर्नुभएको हो । कुनै पदमा नरहेर पनि पार्टीलाई योगदान गर्न सकिने भन्दै उहाँले अरुलाई पनि यसैगरी त्याग देखाउन चुनौती दिनुभएको छ ।
हेटौँडा महाधिवेशन सकिएको ५ महिनासम्म पनि ए.माओवादीका भित्र पदीय हानाथापका कारण केन्द्रीय कमिटीले पूर्णता पाउन सकिरहेको छैन । यसैवीच आफूलाई सचिव पदमा नलगिएको भन्दै रामचन्त्र झालेसमेत बीबीसीलाई अन्तरवार्ता दिँदै पद नपाए एमाओवादी छाड्ने धुर्की सार्वजनिक गरिसक्नुभएको छ । उता आर्थिक अनियमितताको प्रशन उठिरहेका बेला केही पूर्वलडाकूहरुले पनि बैठक बहिस्कार एवं राजीनामाको धम्की दिएका छन् भने पार्टीमा भनेजस्तो पद नपाउनेहरुले हस्ताक्षर अभियान समेत गरिरहेका छन् । यसैवीच केन्द्रीय समितिको शनिबारको बैठक केही समयका लागि स्थगित गरी पेरिसडाँडामै स्थायी कमिटी र पोलिटब्यूरोको बैठक बोलाइएको स्रोतले बताएका छन ।
स्रोत:अनलाइन खबर


